मोदीलाई कालो झण्डा देखाउने काँग्रेसकी नेतृमाथि गोली प्रहार

मोदीलाई कालो झण्डा देखाउने काँग्रेसकी नेतृमाथि गोली प्रहार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने भारतीय काँग्रेसकी नेतृमाथि गोली प्रहार भएको छ ।

उत्तर प्रदेशको सुल्तानपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी नेतृ रिता यादवमाथि गोली प्रहार भएको हो ।

१६ डिसेम्बरमा मोदीले पूर्वाञ्चल एक्सप्रेस वे उद्घाटन गर्ने क्रममा यादवले कालो झण्डा देखाएकी थिइन् । झण्डा देखाएको आरोपमा उनलाई हिजो अज्ञात समूहले गोली हानेको हो । गम्भीर घाइते बनेकी उनको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

निजी कारमा लाम्भुवा क्षेत्रमा जाने क्रममा उनीमाथि तीन जनाले गोली हानेका थिए । सुरुमा आक्रमणकारीले दुव्र्यवहार गरेपछि उनलाई मार्ने धम्की दिइएको थियो । त्यसक्रममा समूहका एक जनाले उनका गाडी चालकको निधारमा बन्दुक तेर्साएका थिए ।

उनले गालामा एक झापड हानेपछि आक्रमणकारीले नेतृलाई गोली हानेर भागेका थिए । यादव केही महिनाअघि मात्र भारतीय काँग्रेसमा प्रवेश गरेकी हुन् ।

टिप्पणीहरू