माओवादीको महाधिवेशनमा स्यानेटरी प्याडका कुरा

माओवादीको महाधिवेशनमा स्यानेटरी प्याडका कुरा

नेकपा माओवादी केन्द्रले महिलाहरूले महिनावारी हुँदा प्रयोग गर्ने स्यानेटरी प्याडमा कर लगाइएकोमा आपत्ति जनाएको छ ।

आठौं महाधिवेशनमा पारित ४५ वटा प्रस्तावमध्ये स्यानेटरी प्याडलाई सरकारले विलासी वस्तुको सूचीमा राखेर कर लगाएकोमा आपत्ति जनाउँदै फिर्ता लिन माग गरेको छ ।

‘महिलाहरूले महिनावारी हुँदा प्रयोग गर्ने स्यानेटरी प्याडलगायत अन्य दैनिक जीवनमा प्रयोग हुने सामाग्रीलाई सरकारले विलासी वस्तुमा सूचीकृत गरी १३ प्रतिशत कर लगाइएकोमा प्याडलगायत त्यस्ता वस्तुलाई विलासीवस्तुको सूचीबाट हटाई करमुक्त गर्न महाधिवेशन सरकारसँग माग गर्दछ,’ पारित प्रस्तावमा भनिएको छ ।

माओवादीले प्याडलगायत वस्तु उत्पादन गर्ने स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सरकारसँग विशेष अनुरोध समेत गरेको छ ।

टिप्पणीहरू