तराईमा जताततै ब्राउनसुगरको कारोबार

तराईमा जताततै ब्राउनसुगरको कारोबार

रुपन्देही र झापामा लागूऔषधसहित तीन जना समातिएका छन् ।

रुपन्देहीको देवदह नगरपालिका–२, ढेकार श्रीचोक तथा झापाको शिवसताक्षी नगरपालिका–११, दुधेबाट ब्राउनसुगरसहित हिजो बेलुकी उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

लागूऔषधसहित समातिनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–६ का ३७ वर्षीय वर्मानन्द धरिकार र भारतको महाराजगञ्ज सुनौलीका ३८ वर्षीय अर्जुन साहानी तथा झापाका २५ वर्षीय ज्याकप लिम्बु छन् ।

साहानी र धरिकारको साथबाट प्रहरीले ७ ग्राम ५ सय ४० मिलिग्राम ब्राउनसुगर तथा लिम्बुलाई ९ ग्राम ब्राउनसुगर र नगद १० हजार रुपैयाँसहित समातेको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी खैरेनी तथा इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको टोलीले पक्रेको हो ।

टिप्पणीहरू