कुटपिटबाट एकको मृत्यु, १५ जना प्रहरी नियन्त्रणमा

कुटपिटबाट एकको मृत्यु, १५ जना प्रहरी नियन्त्रणमा

पश्चिम नवलपरासीको बर्दघाटमा कुटपिटबाट एक जनाको ज्यान गएको छ ।

बर्दघाट नगरपालिका–२, आम्बास बस्ने २१ वर्षीय तुलबहादुर घर्तीसहित १६ जनाबीच आपसमा झगडा तथा कुटपिट हुँदा स्थानीय सुखौराका २५ वर्षीय विशाल भनिने सूर्यबहादुर थापाको मृत्यु भएको हो ।

उनीहरूबीच शुक्रबार साँझ भएको झगडा तथा कुटपिटमा टाउकोमा चोट लागि गम्भीर घाइते भएका थापाको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्युपश्चात इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले कुटपिटमा संलग्न १५ जनालाई आवश्यक सोधपुछ तथा अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू