राष्ट्रियसभाका लागि समाजवादीका पाँच उम्मेदवार तयार

राष्ट्रियसभाका लागि समाजवादीका पाँच उम्मेदवार तयार

नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । उम्मेदवार चयन गर्न बसेको पार्टीको सचिवालय बैठकले पाँच जनाको नाम छानेको हो ।

जसअनुसार प्रदेश-१ बाट जयन्ती राई (महिला) बागमतीबाट गोमा तिमल्सिना (महिला), लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे (महिला), कर्णालीबाट उदय बोहोरा (खुला) र सुदूरपश्चिमबाट मदनकुमारी) शाह (महिला) उम्मेद्वार बन्ने भएकी छन् ।

गठवन्धन गरेर चुनाव लड्ने निर्णय गरेको पांच दलीय गठबन्धनको आज बिहान बालुवाटारमा बसेको बैठकले सीट भागबण्डा मिलाएको थियो । जसमा समाजवादीको भागमा पाँच सीट परेको छ ।

टिप्पणीहरू