एमालेबाट जितेका जनप्रतिनिधि काँग्रेसतिर

एमालेबाट जितेका जनप्रतिनिधि काँग्रेसतिर

अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले दल परिवर्तन गरेकी छिन् । गत निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित गौतम आज दुर्गाफाँटमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस प्रवेश गरेकी हुन् ।

लामो समय एमालेको राजनीतिमा सक्रिय उनी जिल्ला सदस्यसमेत हुन् । स्थानीय तहको निर्वाचनमा शिक्षकबाट राजीनामा दिएर गौतम एमालेबाट गाउँपालिका उपाध्यक्षमा विजयी भएकी थिइन् ।

गाउँपालिका महासंघको केन्द्रीय सदस्यसमेत रहेकी नेतृ गौतमले एमाले विभाजन हुँदा नेकपा (एस)को पक्षमा सनाखत गरेकी थिइन् । गौतमसँगै नेकपा एसमा सनाखत गरेका वडा सदस्य प्रकाश भुसाल एमालेमा फिर्ता भइसकेका छन् ।

टिप्पणीहरू