उपत्यकामा संक्रमण बढ्यो, सबैभन्दा धेरै युवा संक्रमित

उपत्यकामा संक्रमण बढ्यो, सबैभन्दा धेरै युवा संक्रमित

उपत्यकामा कोरोना संक्रमितको दरमा नियमित वृद्धि भइरहेको छ । केही दिनयता काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको संख्यामा वृद्धि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा एक सय ४० जनामा कोरोना संक्रमण भेटिएको छ । त्यस्तै, भक्तपुरमा १६ र ललितपुरमा २८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट मुलुकभर दुई जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन सय २६ जना संक्रमित थपिएका छन् । उक्त संख्या १२ हजार चार सय ९८ जनामा परीक्षण गरिँदा पुष्टि भएको हो ।

यो अवधिमा दुई सय ५५ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै पाँच हजार पाँच जना सक्रिय संक्रमित छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ प्रतिशत रहेको छ । कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ९८ पुगेको छ ।

मन्त्रालयका अनुसार आज १५ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, ८० जना युवायुवतीमा संक्रमण देखिएको छ । ११ देखि २० वर्षका २३ र १० वर्षमुनिका ७ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा अझै एक हजार ४४ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा पाँच सय दुई र ललितपुरमा पाँच सय ८४ जना संक्रमित छन् ।

टिप्पणीहरू