केपीले माधवविरुद्ध दायर गर्नुभएको मुद्दा आज पनि सर्यो

केपीले माधवविरुद्ध दायर गर्नुभएको मुद्दा आज पनि सर्यो

एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसहितका १४ जना सांसदको पद खुस्काउन माग गर्दै ओलीले गत भदौ १७ गते सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाइ हेर्न नभ्याइने सूचीमा परेको हो ।

आजका लागि न्यायाधीशद्वय मीरा खड्का र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको थियो । आज मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।

ओलीद्वारा दायर मुद्दामा गत असोज ५ गते निर्वाचन अयोग, संघीय सचिवालय र प्रदेश सचिवालयबाट फाइल मागाउन आदेश भएको थियो । यस बीचमा प्रधानन्यायाधीश र न्यायाधीशहरुका टसलका कारण सर्वाेच्च अदालत लामो समय बन्दीझैँ बन्न पुगेको थियो ।

गोलाप्रथाद्धारा सुनुवाई प्रक्रिया प्रारम्भ भएसँगै उक्त मुद्दा पुस १२ गते न्यायधीशद्धय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा परेको थियो । ३६ औं नम्बरमा परेको मुद्दा त्यसदिन पनि हेर्न नभ्याइएको भन्दै आजका लागि पेशी तोकिएको थियो ।

यस पटक पनि हेर्न नभ्याइने भन्दै पुनः पेशी सारिएको छ ।

टिप्पणीहरू