बाजा बजाएर जेलबाट बहादुर भवन पुगे रेशम चौधरी

बाजा बजाएर जेलबाट बहादुर भवन पुगे रेशम चौधरी

डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशम चौधरी नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । आज चौधरीका समर्थकहरु बाजागाजासहित ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि आयोगको कार्यालय पुगेका हुन् ।

तत्कालीन राजपाका तर्फबाट गत निर्वाचनमा चौधरी अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए । तर, कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै उनले छुट्टै पार्टी खोल्न लागेका हुन् ।

पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शनसमेत भइरहेको छ ।

टिप्पणीहरू