राष्ट्रियसभाका लागि एमालेले कर्णालीबाट तीन जना अघि सार्यो

राष्ट्रियसभाका लागि एमालेले कर्णालीबाट तीन जना अघि सार्यो

नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रियसभाको चुनावका लागि तीन जना उम्मेदवार छनोट गरेको छ । राष्ट्रियसभा चुनावका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चुडामणि शर्मा र दैलेखका पदम माझीलाई छनोट गरेको हो ।

राष्ट्रियसभाका लागि नौ जनाको नाम केन्द्रमा सिफारिस गरेका मध्येबाट दुई जना र अल्पसंख्यकबाट माझीलाई उम्मेदवार चयन गरिएको एमालेका कर्णाली प्रदेश इन्चाज यामलाल कँडेलले बताए ।

राष्ट्रियसभाका सदस्य रहेको कालिकोटका जीवन बुढा (माओवादी केन्द्र) रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवादी) र हुम्लाका कविता वोगटी (एमाले) को फागुन १८ पछि पदावधि सकिदैँ छ । सोही पदमा हुने निर्वाचनका लागि एमालेले उम्मेदवार चयन गरेको हो।

राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने तयारीमा रहेको पाँच दलीय गठवन्धनले भने अहिलेसम्म उम्मेदवार तय गर्न सकेको छैन । आज गठवन्धनको बैठक बसेर सबै ठाउँमा एकैचोटी सिट बाँडफाँट गर्ने भनिएको छ ।

टिप्पणीहरू