विदेशमा आइतबार किन बिदा दिइन्छ ?

विदेशमा आइतबार किन बिदा दिइन्छ ?

नेपाल र इजरायल बाहेक विश्वका अधिकांश देशमा आइतबार बिदा दिइने चलन छ । आइतबार बिदा दिनुको कारण धार्मिक रहेको बताइन्छ ।

बाइबलका अनुसार भगवानले पृथ्वी र सबै चीज छ दिनमा सृष्टि गर्नुभयो र सातौं दिन अर्थात् सब्बाथमा विश्राम गर्नुभयो ।

भारतमा क्रिश्चियन धर्म मान्ने बेलायती शासनकालमा आइतबार अनिवार्य बिदा दिने नियम बनाएको हो । तर, बेलायती उपनिवेशबाट भारत मुक्त भए पनि त्यो प्रचलन कायम छ ।

भारतमा ब्रिटिश शासन हुँदा त्यहाका मिल मजदुरहरूले हप्ताको सातै दिन कडा मेहनत गर्नुपथ्र्यो । उनीहरूले आराम गर्न कुनै बिदा वा छुट्टी पाउँदैनथे ।

तर आइतबार हिन्दु देवता खाण्डोबा को दिन मानिन्छ । त्यसैले कालान्तरमा हिन्दु मजदुरहरुलाई बिदा दिन आइतबार सार्वजनिक बिदा घोषणा गरियो । त्यहि प्रचलन सर्वत्र लागु भएको विश्वास छ ।

टिप्पणीहरू