तालिवानले डमीका टाउको गिँड्न थाले

तालिवानले डमीका टाउको गिँड्न थाले

अफगानिस्तानमा तालिवान समर्थकहरुले पसलमा राखिएका डमीको टाउको धमाधम काट्न थालेका छन् । डमीले मुस्लिम मूल्य र मान्यताको खिल्ली उडाएको भन्दै तालिवानले गिँड्ने अभियान चलाएको हो ।

डमी मूर्तिको पर्याय भएको भन्दै सरकारले पश्चिमी प्रान्त हेरातका पसलेहरुलाई तिनीहरुका टाउका तत्काल काट्न निर्देशन दिएको छ ।

मूर्ति राख्न वा मूर्तिको पूजा गर्न इस्लाम धर्ममा बर्जित छ । धर्म र संस्कृति मामिलासम्बन्धी मन्त्रालयले डमी नराख्न निर्देशन दिएपछि तालिवानले त्यसका टाउका काट्न थालेको हो ।

डमी फाल्दा आफ्नो व्यवसायमा असर गरेको बिक्रेताले गुनासो गरेका छन् । मन्त्री शेख अजिज उ रहमानले डमी हटाउनभन्दा टाउको काटनु उपयुक्त हुने बताएका छन् ।

सरकारको निर्देशनपछि कतिपय व्यापारीले डमीलाई कपडाले पूरै ढाक्न थालेका छन् । एउटा डमीको मूल्य ७० देखि एक सय डलरसम्म पर्ने भएकाले त्यसको टाउको काट्दा आफूहरुलाई आर्थिक समस्या हुने व्यापारीले गुनासो गरेका छन् ।

टिप्पणीहरू