परिवारसँग समय बिताउनु भन्दै कर्मचारीलाई दुई दिनको विशेष बिदा

परिवारसँग समय बिताउनु भन्दै कर्मचारीलाई दुई दिनको विशेष बिदा

परिवारसँग समय बिताउन भारतमा सरकारी कर्मचारीहरूलाई दुई दिन विशेष बिदा दिइएको छ ।

असम राज्यले राज्यभित्रका सरकारी कर्मचारीहरूलाई आफ्नो परिवारसँग रमाइलोसँग समय बिताउन भन्दै जनवरी ६ र ७ का दिन विशेष बिदा दिने निर्णय गरेको हो ।

आगामी बिहीबार र शुत्रबारको विशेष बिदापछि शनिबार र आइतबारको नियमित छुट्टी परेकाले उनीहरुलाई परिवारसँग रमाउन चार दिनको बिदा उपलब्ध हुने भएको छ ।

असम सरकारले दुई दिनको विशेष बिदा दिने निर्णय गत नोभेम्बरमै गरेको थियो ।

टिप्पणीहरू