भारतले सीमानामा काँडे तार लगाउने

भारतले सीमानामा काँडे तार लगाउने

भारत–बंगलादेश सीमामा आगामी वर्षदेखि काँडे तार लगाइने भएको छ । त्रिपुरा राज्यसँग जोडिएको बंगलादेश सीमामा आगामी वर्षदेखि पूर्ण सुरक्षाका लागि काँडे तार लगाइने योजना सार्वजनिक भएको हो ।

त्रिपुरा सीमा सुरक्षा बलका महानिरीक्षक सुशान्तकुमार नाथले उत्तरपूर्वी राज्यको आठ सय ५६ किलोमिटर लामो भारत–बंगलादेश अन्तर्राष्ट्रिय सीमाको ८५ प्रतिशत भूभागमा यसअघि नै त्यस्तो काँडेतार लगाइसकिएको बताए ।

टिप्पणीहरू