मान्छे मारेर भागेका मन्त्रीका छोरा प्रहरीको फन्दामा

मान्छे मारेर भागेका मन्त्रीका छोरा प्रहरीको फन्दामा

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले समातेको छ । हिजो जिल्ला प्रहरी कार्यालय कैलालीले सवारी ज्यान मुद्दामा फरार रहेका बबीलाई समातेको हो ।

गत पुस २ गते टीकापुरमा उनले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीले एक पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको ठक्करबाट ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन्। ।

उनको उपचारको क्रममा नेपालगञ्जस्थित अस्पतालमा पुस ११ गते मृत्यु भएको थियो । घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युुपछि भने सम्पर्कविहीन भएका थिए ।

टिप्पणीहरू