हिमाली भेगको विद्यालय फागुनसम्म बन्द

हिमाली भेगको विद्यालय फागुनसम्म बन्द

बाजुराको हिमाली गाउँपालिका–३ गुम्बामा रहेको हिमाल भक्ति आधारभूत विद्यालय डेढ महिनाका लागि बन्द गरिएको छ ।

हिमपातसँगै बढेको अत्यधिक चिसोका कारण आगामी फागुन पहिलो सातासम्म विद्यालय बन्द गरिएको शिक्षक देवीलाल बुढथापाले जानकारी दिएका छन् । उनका अनुसार गुम्बामा अहिले पनि करिब दुई फिटसम्म हिउँ जमेको छ ।

चिसोका कारण हिमाली भेगका विद्यालयहरु बर्सेनी लामो समयसम्म बन्द हुँदै आएका छन् । प्रधानाध्यापक भीम गिरीका अनुसार यो वर्ष पुस १६ गतेदेखि फागुन पहिलो सातासम्मका लागि विद्यालय बन्द गरिएको हो ।

टिप्पणीहरू