अब छात्राहरु साइकल चढेर विद्यालय जाने

अब छात्राहरु साइकल चढेर विद्यालय जाने

सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ । चितवनको रत्ननगर गाँउपालिका ३ ले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेको हो । उनीहरुको पठनपाठनमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ पालिकाले बेल्सी आधारभूत विद्यालयका छात्राहरुलाई साइकल हस्तान्तरण गरेको हो ।

विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्ययनरत ३७ जना छात्रालाई साइकल वितरण गरिएको वडाध्यक्ष गुप्तनाथ भट्टराईले जानकारी दिनुभएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र शैक्षिक गुणस्तर सुधार्न छात्रालाई साइकल प्रदान गरिएको उहाँको भनाइ छ ।

सबै सामुदायिक विद्यालयलाई बस प्रदान गर्न सक्ने अवस्था नरहेपछि पहिलो चरणमा सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई साइकलको वितरण गरिएको बताइएको छ ।

टिप्पणीहरू