सत्तारूढ गठबन्धनका नेताहरु बालुवाटारमा

सत्तारूढ गठबन्धनका नेताहरु बालुवाटारमा

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा चलिरहेको छ । आगामी राष्ट्रियसभा चुनावबारे छलफल गर्न आज बिहानदेखि बालुवाटारमा बैठक बसेको हो ।

राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा छलफल गरिएको सहभागी एक जना नेताले जानकारी दिएका छन् ।

बैठकमा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा (एकीकृत समाजवादी),जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी छन् ।

माघ १२ गते राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ । भोलि उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ ।

टिप्पणीहरू