आत्महत्यातिर गुरु अग्रसर

आत्महत्यातिर गुरु अग्रसर

व्यंग्य शिरोमणि भैरव अर्यालले उहिल्यै आत्महत्याको बाटो रोजेका थिए भने अहिले उनकै छोराको कारण एक जना सहप्राध्यापकलाई झण्डै–झण्डै उही स्थितिमा पु¥याइएको खबर छ ।

राजनीतिका कारण थिलथिलो भएको मुलुककै पुरानो विश्वविद्यालयको कथा हो यो । विशुद्ध प्राध्यापन मात्र गर्ने, अरू कुनै पनि राजनीतिक दलको झण्डा बोक्न नजान्ने भएकै कारण ती सहप्राध्यापक यस्तो हालतमा पु¥याइएका हुन् ।

त्रिविअन्तर्गत जल तथा मौसम विभागमा प्रमुख छन्, डा. दीपक अर्याल । दीपक उनै व्यंग्य शिरोमणि भैरवका पुत्र हुन् । उनैका कारण सहप्राध्यापक तीर्थराज अधिकारीले चरम ‘डिप्रेसन’ मा गुज्रिनुपरेको बताइन्छ ।

झण्डै दश महिनादेखि अन्याय भुक्तमान गरिरहेका छन् अधिकारीले । आफूमाथि भएको ज्यादती र अन्यायबारे विभागीय प्रमुख, डिन, रेक्टर, भिसीदेखि शिक्षा मन्त्रालयका अधिकारीसम्मलाई जानकारी गराइसकेका छन् तर कतैबाट न्याय पाइएको छैन ।

त्रिवि मातहतका सबै विभागले गत वर्षको ९ फागुनमै प्राध्यापकका लागि विज्ञापन खोलिसके । तीर्थकै छिमलका गुरु धमाधम प्राध्यापक बनिसकेका छन् । तर, उनी कार्यरत जल तथा मौसम विभागमा प्राध्यापकको भने विज्ञापन नै खुलाइएको छैन । दरबन्दी नभएका कारण नखोलिएको पनि होइन, दरबन्दी हुँदाहुँदै सूचना ननिस्किएपछि दीपकहरूमाथि शंकाको सुई सोझिनु स्वाभाविकै भयो ।

सात–आठ महिनापछि नै उमेर हदका कारण घर जानेछन् अधिकारी । त्यही कारण पटक–पटक आफ्ना समस्या दीपक अर्यालसमक्ष राखेका हुन् । तर, जवाफ पाए, ‘मैले रजिष्ट्रारलाई खबर गरिसकेको छु । चाँडै विज्ञापन खोल्छु, तपार्इं कहीँ–कतै जानु पर्दैन ।’ उनले ढुक्क हुनुहोस् भनेको दश महिना भइसक्यो, अझै विज्ञापन खोलिएको छैन ।

अधिकारीले आफूमाथि भएको अन्यायबारे रजिष्ट्रारलाई जानकारी गराए । भिसीलाई यही समस्या लिएर भेट्न खोजे । आफ्नो दुःख पोख्न चाहन्थे । यही बीचमा उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा साताव्यापी अमेरिका भ्रमणमा निस्किए ।

आफू मर्कामा परेको विषयमा अधिकारीले बाँस्कोटालाई भेट्नका लागि पटक–पटक समय मागे । फोन गरे, लामो म्यासेज पठाए तर उपकुलपतिबाट समेत कुनै रेस्पोन्स पाएनन् । यही बीच त्रिविमा करार वा अस्थायी शिक्षक स्थायी गर्न माग राखेर तालाबन्दी जारी छ । त्रिविको प्रशासनिक काम पुल्चोकस्थित इञ्जिनियरिङ अध्ययन संस्थानबाट चलिरहेको छ ।

तर, असार १२ गते अनिवार्य अवकाशमा जान लागेका गुरुलाई अनेकन नाममा दुःख दिने र सताउने काम गर्दै छन्, भैरव पुत्र दीपकदेखि रेक्टर र भिसीसम्मले । अधिकारीका चेलाचाहिँ दीपक आफ्नो दिमागले भन्दा पनि त्रिचन्द्र कलेजका डा. सुनील अधिकारीको चाहनाबमोजिम चलिरहेका कारण सहप्राध्यापक अधिकारीले दुःख पाएको सुनाउँछन् ।

आफैँलाई भाइ टीका लगाएकी बहिनी भिœयाएपछि दीपकलाई आमाले घरमा छिर्न नदिएको र लामो समय उनै गुरु तीर्थराजको डेरामा शरण लिएर बसेको बताइन्छ । तीर्थ कतिसम्म उदार भने यसअघि ज्येष्ठताका आधारमा उनी नै प्राध्यापक हुन्थे तर त्यतिबेला दीपकका लागि छाडिदिए । हिजो आफूले लगाएको गुनलाई घुन सम्झिएपछि कसको के लाग्दो रहेछ र भनेर टाउकोमा हात लगाउँदै बस्ने गरेका छन् ।

टिप्पणीहरू