अतिक्रमित नेपाली भूमिमा किन गए भारतीय जर्नेल ?

अतिक्रमित नेपाली भूमिमा किन गए भारतीय जर्नेल ?

भारतको उत्तराखण्ड राज्यका गभर्नर अवकाशप्राप्त लेफ्टिनेण्ट जनरल गुरमित सिंहले भारतले अतिक्रमण गरेको नेपाली भूभाग गुञ्जी,नाबी र कुट्टी क्षेत्रको भ्रमण गरेका छन् । त्यस अवसरमा उनले सुरक्षा निकाय र स्थानीयवासीसँग समेत भेट गरेका छन् ।

बोर्डर रोड्स अर्गनाइजेसन (बीआरओ) अन्तर्गतको सीमा सडक निर्माणका गतिविधि अवलोकन गर्ने भन्दै सिंहले अंग्रेजी नयाँ वर्षको पहिलो दिन शनिबार उक्त क्षेत्रको भ्रमण गरेका हुन् ।

नेपालको भनिएको उक्त क्षेत्रलाई भारतले आफ्नो दाबी गर्दै आएको छ । त्यस अवसरमा टाढाका गाउँमा र बीआरओ पोष्टमा पहिलो पटक पुग्दा आफूलाई खुशी लागेको उनले प्रतिक्रिया दिएका छन् ।

भ्रमणका क्रममा सिंहले बीआरओले सीमा क्षेत्रको पूर्वाधार विकासमा ठूलो योगदान पुर्याएको दाबीसमेत गरेका छन् ।

टिप्पणीहरू