चीनद्वारा अद्भूत तवरले नयाँ वर्षको स्वागत

चीनद्वारा अद्भूत तवरले नयाँ वर्षको स्वागत

चीनले विगतमा भन्दा फरक तर भव्य तरिकाले नयाँ वर्षको स्वागत गरेको छ । विगतमा भन्दा निकै आकर्षक ढंगले पटाका पड्काएर चीनले नयाँ वर्ष २०२२ को स्वागत गरेको हो ।

बेइजिङस्थित सेन्ट्रल रेडियो तथा टेलिभिजन टावरमा उच्च प्रविधिको प्रयोग गरेर असामान्य तरिकाको ‘लाइट शो’ गरिएको छ ।

आकाशमा माछादेखि ड्रयागनसम्मलाई सचित्र प्रस्तुत गरिएको थियो । आगामी फेब्रुअरीमा हुन लागेको हिउँदे ओलम्पिकको वारेमा समेत आकर्षक ढंगले आतसवाजीसँगै आकाशमा प्रस्तुति गरिएको थियो ।

टिप्पणीहरू