जर्नेल मारिएको दुर्घटनाको अनुसन्धान सकिँदै

जर्नेल मारिएको दुर्घटनाको अनुसन्धान सकिँदै

डिसेम्बर ८ मा भएको हेलिकोप्टर दुर्घटनामा भारतीय सीडीएस जनरल विपिन रावतलगायत १३ जनाको मृत्यु भएको घटनाको अनुसन्धान लगभग सकिएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार सीडीएस रावतलगायत सबै जनाको मृत्यु भएको उक्त घटनाको अनुसन्धानको मुख्य कार्य सकिएको छ ।

एयर मार्शल मानवेन्द्र सिंहको नेतृत्वमा रहेको छानबिन टोलीले हेलिकोप्टर दुर्घटनामा हुन सक्ने सम्भावित मानवीय गल्ती वा चालक दलका सदस्यको लापरबाही सम्बन्धमा आवश्यक छानबिन गरेको बताइएको छ ।

अनुसन्धान पूरा भएपछि सम्बन्धित प्रतिवेदन र निश्कर्षहरू हवाइ सेनाको मुख्यालयमा पेश गरिने सैन्य स्रोतले बताएको छ ।

टिप्पणीहरू