ठग्ने पत्रकार युवतीको फाइल आज अदालतमा

ठग्ने पत्रकार युवतीको फाइल आज अदालतमा

विभिन्न काम मिलाइदिने र अनियमितता छोपिदिने भन्दै रकम असुलेको आरोपमा पक्राउ परेकी पत्रकार एन्जिना कार्कीको फाइल जिल्ला अदालत काठमाण्डौं पुगेको छ ।

मंसिर २७ गते ठगी गर्दैगर्दा होटलबाट रंगेहात समातिएकी भारतीय सञ्चारमाध्यम जि न्यूजकी पूर्व नेपाल संवाददाता कार्कीको फाइल जाँचका लागि जिल्ला अदालत पठाइएको हो ।

कार्कीलाई ठगी गर्दै गर्दा जनसेवा प्रहरी बिशालबजार काठमाण्डौंले पक्राउ गरी अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धानका लागि सोह्रखुट्टे प्रहरी वृत्तको महिला सेलमा राखिएको थियो ।

जनसेवा प्रहरी कार्यालयका सई ज्ञानेन्द्रलाल श्रेष्ठका अनुसार कार्कीको मुद्दा अदालतले अध्ययनका लागि मागेको हो । अदालतको मागअनुसार आज फाइल जिल्ला अदालत,बबरमहल पुगेको छ ।

श्रेष्ठका अनुसार कार्कीलाई अदालतले हाजिर गराएको छैन । उनका अनुसार कार्कीलाई अदालतले थुनामा परेको २८ औं दिन सम्भवत: भोलि वा पर्सि अदालतमा उपस्थित गराउने छ ।

टिप्पणीहरू