प्रहरी र सीकेका कार्यकर्ताबीच मारामार

प्रहरी र सीकेका कार्यकर्ताबीच मारामार

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीवीच झडप भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा आन्दोलनमा उत्रेका जनमत पार्टीका कार्यकर्ता र प्रहरीवीच झडप भएको हो ।

आन्दोलनकारीहरुले राजमार्ग अवरुध्द गरेपछि त्यसलाई खुलाउने क्रममा झडप भएको बताइएको छ । झडपमा प्रहरीले दर्जनबढी अश्रुग्यास प्रहार गरेको छ ।

प्रहरीका अनुसार झडपमा चार आन्दोलनकारी र दुईजना प्रहरी घाइते भएका छन् । घाइते भएकाहरुको नाम भने खुलेको छैन । प्रदर्शनकारीले ढुंंगामुढा प्रहार गर्न थालेपछि जवाफमा प्रहरीले अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

अहिले उक्त स्थानमा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

टिप्पणीहरू