एकैरात चार मन्दिरका दानपेटिका गायब

एकैरात चार मन्दिरका दानपेटिका गायब

पूर्वी चितवनका चार वटा मन्दिरमा एकैरात चोरी भएको छ । कालिका नगरपालिका–२ मा रहेका चार वटा मन्दिरमा एकैपटक चोरी भएको हो । कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर त्यहाँ रहेको दानपेटिकाको नगद चोरी भएको हो ।

डकैती गर्नेले दानपेटिकामा रहेका पैसा र विभिन्न सामग्री गरेर करिब १० हजार रुपैयाँ बराबरको नगद तथा जिन्सी चोरी गरेको पदमपुर प्रहरी चौकीले बताएको छ । दानपेटिका फुटाएर रकम चोरी गरे पनि मन्दिरका सबै मूर्ति भने सुरक्षित छन् ।

टिप्पणीहरू