तापिरहेको आगो सल्किएर बृध्दाको ज्यान गयो

तापिरहेको आगो सल्किएर बृध्दाको ज्यान गयो

शरिरमा आगो सल्किएर एक बृध्दाको ज्यान गएको छ । तापिरहेको आगो शरीरमा सल्किँदा काठमाडौँको घट्टेकुलोकी ८९ वर्षीया नन्दाकुमारी बस्नेतको हिजो राति जलेर मृत्यु भएको हो ।

आगोले जलेर गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

गत बिहीबार आफ्नै घरमा आगो ताप्दा बृद्धाले लगाएको कपडामा सल्किएर उनी गम्भीर घाइते भएकी थिइन् । त्यसपछि उनलाई तत्काल अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा हिजो राति मृत्यु भएको हो ।

टिप्पणीहरू