मोटरसाइकल दुर्घटनामा तीन जना बिते

मोटरसाइकल दुर्घटनामा तीन जना बिते

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका-३ बयलवास भक्तिपुर सडकखण्डस्थित सागरनाथ जंगलमा तीन जना सबार मोटरसाइकल दुर्घटना हुँदा तीन जना बितेका हुन् ।

मृत्यु हुनेमा ईश्वरपुर-१० दशबिगाहाका २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम बिक र २२ बर्षीय रोहन सिंह रहेका छन् ।

सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा.१९प.७१९७ नम्बरको मोटरसाइकल हिजो राति अनियन्त्रित हुँदा दुर्घटना भएको सर्लाही प्रहरी कार्यलयले जनाएको छ ।

टिप्पणीहरू