बियर क्यानको ब्रा लगाएपछि केटीको चर्चा

बियर क्यानको ब्रा लगाएपछि केटीको चर्चा

अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल बनेको छ । अमेरिकी गायिका केटी पेरीले बियर क्यानको ब्रा लगाएपछि उनको तस्वीर भाइरल बनेको हो ।

त्यसो त उनको क्रिएटिभ आउटफिट्सका कारण बेलाबेला चर्चामा आउने गर्छिन् । आफ्ना फ्यानलाई आफूतिर आकर्षित गर्न विभिन्न फण्डा अपनाउने गायिका केटीले हालै लसभेगासमा प्ले रेजिडेन्सीको ओपनिङ नाइटमा लगाएको पहिरनले चर्चा बटुलेको हो ।

बियर क्यानबाट बनेको ब्रा लगाएर वाइल्ड आउटफिटमा उनी निकै ग्ल्यामर देखिएकी थिइन् । केटीको पहिरन जति धमाकेदार थियो,उनको स्टेज प्रस्तुति पनि उत्तिकै शानदार थियो । केटी सिल्भर सिक्वेन मिनी पहिरनमा थिइन् । ब्राको टुप्पोमा दुई बियर क्यान जडान गरिएको थियो ।

टिप्पणीहरू