बेलायतका विद्यार्थीलाई फेस मास्क अनिवार्य

बेलायतका विद्यार्थीलाई फेस मास्क अनिवार्य

बेलायत सरकारले माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर बढेसँगै सरकारले विद्यालयमा फेस मास्क अनिवार्य गरेको हो ।

क्रिसमस र नयाँ वर्षको बिदापछि आगामी सातादेखि बेलायतमा विद्यालय पुनः संचालन हुँदैछ । युरोपेली देशमा विद्यार्थीलाई फेस मास्क अनिवार्य गर्ने बेलायत अन्तिम देश हो ।

नयाँ निर्देशिकाअनुसार शिक्षकहरुले पनि फेस मास्क लगाउनुपर्नेछ । संक्रमण बढेको भन्दै विद्यालय बन्द गर्न चौतर्फी दबाब बढिरहेका बेला फेस मास्क अनिवार्य गरिएको हो ।

टिप्पणीहरू