अबदेखि उताका सेनाले नयाँ पोशाक लगाउने

अबदेखि उताका सेनाले नयाँ पोशाक लगाउने

भारतीय सेनाका निम्ति नयाँ पोशाकको ब्यवस्था भएको छ । सेनाले नयाँ कम्ब्याट पोशाक लाउने निर्णय गरिएको हो । लडाईंको निम्ति उपयुक्त हुने भनिएको उक्त पोशाक डिजिटल उपकरण बोक्न सजिलो र अहिलेकोभन्दा थप आरामदायी हुने बताइएको छ ।

नेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीद्वारा डिजाइन गरिएको यो पोशाक जनवरी १५ को आर्मी परेडमा पहिलो पटक प्रदर्शन गर्न लागिएको छ ।

अब भारतीय सेनाका सन् २०२२ का ब्याचका अफिसर र सिपाहीहरू सबैलाई यही पोशाक वितरण गरिने तयारी छ ।

टिप्पणीहरू