माओवादीका कारण प्रतिनिधि सभा बैठक स्थगित

माओवादीका कारण प्रतिनिधि सभा बैठक स्थगित

आज दिउँसो १ बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित गरिएको हो ।

अब अर्को बैठक पुस २२ गतेको निम्ति बोलाइएको संसद सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रले पार्टीको आठौं महाधिवेशन जारी रहेकाले प्रतिनिधि सभा बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको थियो ।

आजै बस्ने भनिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित गरिएको छ ।

टिप्पणीहरू