महिलाको हितमा धमाधम निर्णय

महिलाको हितमा धमाधम निर्णय

भारतमा महिलाको हकहितमा विभिन्न निर्णय हुन थालेको छ । उत्तराखण्ड राज्य सरकारले विधवा र ६० वर्षमाथिका नागरिकको निवृत्तिभरण (पेन्सन) रकम बढाउने निर्णय गरेको हो ।

शुक्रवारको निर्णयानुसार अब त्यहाँका विधवा महिला र ६० वर्ष माथिका जोसुकैको भत्तालाई १२ सय भारतीय रुपैयाँबाट १४ सय पुर्याइएको छ ।

त्यसैगरी राज्यमा अध्यापन कार्यमा संलग्न आमन्त्रित महिला शिक्षकलाई पनि सुत्केरी बिदा दिइने छ । भारतीय राज्यहरुमा बेला बेलामा हुने यस्ता निर्णयलाई स्थानीय निर्वाचनसँग जोडेर हेर्ने गरिएको छ ।

बहालरत कर्मचारीका केही भत्तामा पनि वृध्दि गरिएको छ । उनीहरुको दैनिक भ्रमण भत्ता ३० प्रतिशतले बढाइएको हो । उत्तराखण्डमा साढे दुई लाख सरकारी कर्मचारी छन् ।

याे वर्ष त्यहाँ निर्वाचन हुँदैछ ।

टिप्पणीहरू