महात्मा गान्धीलाई मार्नु ठीक भन्ने जोगी नेता गिरफ्तार

महात्मा गान्धीलाई मार्नु ठीक भन्ने जोगी नेता गिरफ्तार

भारतमा एक जना हिन्दूवादी नेता पक्राउ परेका छन् । कालिचरण महाराजलाई शुक्रबार राति पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।

महात्मा गान्धीको बारेमा अपमानजनक टिप्पणी गरेपछि उनी गिरफ्तार भएका हुन् । महाराजलाई छत्तिसगढस्थित रायपुर जिल्लाको एउटा अदालतले १३ जनवरीसम्मको लागि न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।

उनले महान भारतवर्ष भनेर चिनिएको इरान,इराक, अफगानिस्तान,पाकिस्तानदेखि बंगलादेशसम्म भारतबाट छुट्टिएको हामै आँखाले देखेको उल्लेख गरेका थिए । ती सबै कार्य महात्मा गान्धीको कारण भएको बताउँदै उनले भने, ‘त्यस्तालाई नाथुराम गोड्सेले मारेर ठीक गरे । गोड्सेलाई धन्यवाद ।’

महाराजको उक्त आपत्तिजनक भाषा सार्वजनिक हुने बित्तिक्कै छत्तिसगढको भारतीय काँग्रेस सरकारले उनलाई गिरफ्तारीको आदेश दिएको थियो ।

टिप्पणीहरू