राजधानीबाटै बुद्धमूर्ति चोरी

ललितपुरमा दिउँसै बुद्ध मूर्ति चोरी भएको छ । गोदावरी नगरपालिका–३, टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको मूर्ति चोरी भएको हो ।

अन्दाजी डेढ फिट अग्लो र झण्डै ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति हिजो दिउँसो चोरी भएको हो । चोरीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग, बाडेगाउँबाट खटिएको टोलीले शंकास्पदहरुको खोजी गरेको बताइएको छ ।

प्रहरीले सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

टिप्पणीहरू