नेकपा एसका महिला नेताहरुको इटहरीमा प्रशिक्षण

नेकपा एसका महिला नेताहरुको इटहरीमा प्रशिक्षण

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को भातृ संगठनको रुपमा रहेको अखिल नेपाल महिला संघ (समाजवाद) को प्रदेश नम्वर १ को प्रदेशस्तरीय एक दिने भेला तथा प्रशिक्षण कार्यक्रम सुनसरीको इटहरीमा भएको छ ।

भेलामा समसामयिक राजनीति, दक्षिणपन्थी विसर्जनवादविरुद्धको संघर्ष विषयमा उपाध्यक्ष तथा स्कूल विभाग प्रमुख प्रमेश हमाल, पार्टीको मार्गदर्शक सिद्धान्त र आजको कार्यभारबारे महासचिव वेदुराम भुषालले प्रशिक्षण दिनुभएको छ । नेपाली क्रान्ति र समाजवादी कार्यदिशा विषयमा उपमहासचिव विजय पौडेल, कम्युनिष्ट आदर्श, मूल्य र मान्यताका बारेमा केन्द्रीय सचिव गरिमा शाह र महिला आन्दोलन एवम् अनेमसंघको कार्यभारबारे केन्द्रीय उपाध्यक्ष तथा अनेमसंघका केन्द्रीय अध्यक्ष जयन्ती राईले प्रशिक्षित गर्नुभएको हो ।

‘सामाजिक सुरक्षा र रोजगार सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रमको अध्यक्षता मंगला राईले गर्नु भएको थियो । भेलाका सहभागीहरुका लागि ‘उठ उठ नारी हो अब डर छैन उठाउ झण्डा बोक कलम अरुको भर छैन’ भन्ने सेल्फी ब्यानर पनि राखिएको थियो । भेलाको उद्घाटन जयन्ती राईले ब्यानर पढेर गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का इञ्चार्ज घनेन्द्र बस्नेत र प्रदेश अध्यक्ष बलदेव चौधरीलगायतले संक्षिप्त शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

टिप्पणीहरू