काभ्रे घर, बानेश्वर डेरामा बस्ने भक्तपुरमा झुण्डिए

काभ्रे घर, बानेश्वर डेरामा बस्ने भक्तपुरमा झुण्डिए

आज बिहान भक्तपुरमा एक जना पुरुष झुण्डिएको अवस्थामा फेला परेका छन् ।

काभ्रेपलाञ्चोकको भगवती गाउँपालिका घर भई हाल बानेश्वरको खरिबोटमा बस्ने ३४ वर्षका देवराज थापा भक्तपुरमा झुण्डिएका हुन् ।

थापा भक्तपुरको मध्यपुरथिमी नगरपालिका ८, बोडे, गाँखुमा आफ्नै निर्माणाधीन तीन तले पक्की घरको कम्पाउण्डमा लगाइएको फलामको रेलिङमा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले मृत थापाको शव पोष्टमार्टमको लागि अस्पताल लगेको छ भने, आवश्यक अनुसन्धान अघि बढाएको बताएको छ ।

टिप्पणीहरू