अंग्रेजी वर्षमा कति दिन र घण्टा हुन्छ ?

अंग्रेजी वर्षमा कति दिन र घण्टा हुन्छ ?

हामीले बिताएको र आउने हरेक वर्ष सबै उस्तै हुने सोचेका छौं भने त्यो गलत हो । हरेक वर्ष एकै प्रकार र संख्यामा दिनहरु हुन्छन् भन्ने सोच्नुभएको छ भने त्यो पनि गलत हो ।

वर्षमा कति दिन पर्छ त्यहीअनुसार नै घण्टा निर्धारण हुन्छ । सामान्यतयाः एक वर्षमा ३ सय ६५ दिन हुन्छ भनिन्छ । त्यस्तो बेलामा वर्षमा कति घण्टा हुने गर्छ भनेर पत्ता लगाउन ती दिनलाई २४ घण्टाले गुणन गरेर निकाल्न सकिन्छ । जसमा ८ हजार ७ सय ६० घण्टा हुने गर्छ ।

तर सँधै वर्षमा ३ सय ६५ दिन हुँदैन । कुनै वर्ष लिप वर्ष पनि हुन्छ । त्यो वर्ष ३ सय ६६ दिन हुन्छ । यस्तो अवस्था प्रत्येक चार वर्षमा पर्ने गर्छ । त्यस्तो वर्षको फेबु्रअरी महिना जम्मा २९ दिनको हुने गर्छ ।

त्यसैले त्यस्तो वर्ष ३ सय ६६ दिनलाई २४ घण्टाले गुणा गर्दा ८ हजार ७ सय ८४ घण्टा कायम हुन आउँछ । यस्तो अवस्थामा एक औसत वर्षमा आठ हजार सात सय ६५ दशमलब ८२ घण्टा हुन्छ भनेर भन्न सकिन्छ । यो अवस्थाले अंग्रेजी वर्षमा ठ्याक्कै ३ सय ६५ दिनको वर्ष र ८ हजार ७ सय ६० घण्टा हुन्छ भनेर मान्न सकिने परिस्थिति बन्दैन ।

टिप्पणीहरू