आज संक्रमणबाट ४ जना बिते, २ सय बढी संक्रमित

आज संक्रमणबाट ४ जना बिते, २ सय बढी संक्रमित

कोरोना संक्रमणबाट आज चार जनाले ज्यान गुमाएका छन् । हिजो कोरोनाबाट निधन हुनेको संख्या शुन्य थियो । तर आज चार जना बितेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई सय ३५ जना संक्रमित थपिएका हुन् । यो संख्या ९ हजार ८६ जनामा परीक्षण गरिँदा पुष्टि भएको हो ।

गत २४ घण्टामा दुई सय १२ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै चार हजार ८ सय ७९ जना सक्रिय संक्रमित छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ प्रतिशत रहेको छ ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ९४ पुगेको छ । पछिल्लो आँकडाअनुसार काठमाडौंमा सात सय ५ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा पाँच सय ११ र ललितपुरमा छ सय १८ जना संक्रमित छन् ।

टिप्पणीहरू