मेडिकल कलेजसँग विद्यार्थी संगठनहरु रूष्ट

मेडिकल कलेजसँग विद्यार्थी संगठनहरु रूष्ट

मुलुकका मेडिकल कलेजहरुले चिकित्सा क्षेत्रका विद्यार्थीमाथि गरेको शोषणलाई लिएर विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थी संगठनहरुले आपत्ति जनाएका हुन् ।

विद्यार्थी संगठनहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै, आयोगले तोकेभन्दा बढी शुल्क नलिन माग गरेको छ । मापदण्ड विपरीत काठमाडौं विश्वविद्याल अन्तर्गतका कलेजहरुले विद्यार्थीसँग अतिरिक्त शुल्क लिँदै आएको बताइन्छ ।

काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, मणिपाल मेडिकल कलेजले नयाँ भर्ना भएक विद्यार्थीसँग विभिन्न बहानामा लाखौं रुपैयाँ उठाएको उनीहरुको ठहर छ । त्यहि कारण चिकित्सा क्षेत्रका विद्यार्थीहरुले लगातार आन्दोलन गर्दै आएका छन् ।उनीहरुको जायज मागलाई सम्बोधन गर्दै सहज वातावरणमा भर्ना लिन र पठनपाठन सुरु गर्न संगठनले संयुक्त रुपमा आग्रह गरेका छन् ।

अन्यथा विद्यर्थीहरुको पक्षमा संगठनले आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । यसबाट उत्पन्न हुने परिणाम स्वयम् सम्बन्धित मेडिकल कलेजले भोग्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू