रावलको गोरुले अरुलाई पछार्यो

रावलको गोरुले अरुलाई पछार्यो

लमजुङको सुन्दरबजारमा भएको गोरु जुधाई प्रतियोगितामा तनहुँको भानु नगरपालिका–१० दुधेकुनाका कृष्णबहादुर रावलको गोरु प्रथम भएको छ ।

पुस १५ को अवसरमा जनशक्ति युवा क्लव सुन्दरबजार नगरपालिका–६ र लमजुङ फिजिकल सेन्टरले संयुक्त रुपमा गोरु जुधाई प्रतियोगिता आयोजना गरेका हुन् ।

प्रतियोगिता सुन्दरबजार ६ खत्रीठाँटीको खेलमैदानमा आयोजना गरिएको थियो । कृष्णबहादुर रावलको गोरु प्रथम भएको छ भने प्रकाश पन्तको गोरु दोस्रो भएको छ ।

प्रतियोगितामा प्रथम हुने गोरुधनीलाई १५ हजार रुपैयाँ र द्वितीय हुने गोरुधनीलाई १० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको आयोजक जनशक्ति युवा क्लबका अध्यक्ष चित्रबहादुर केसीले बताए ।

पहिलो पटक आयोजना गरिएको गोरु जुधाई प्रतियोगितामा लमजुङ र तनहुँका १२ वटा गोरुलाई सहभागी गराइएको थियो ।

टिप्पणीहरू