जसले ३५ हजारको निम्ति आफ्नै बहिनीसँग लगनगाँठो कसे

जसले ३५ हजारको निम्ति आफ्नै बहिनीसँग लगनगाँठो कसे

मानिसले पैसाको लागि केसम्म गर्छन् भन्ने उदाहरण भारतमा सहोदर दाजु र बहिनीले दिएका छन् । उत्तरप्रदेशका एक युवकले पैसाको निम्ति आफ्नै बहिनीसँग विवाह गरेको रहस्य खुलेको छ । मुख्यमन्त्री सामूहिक विवाह योजना कार्यक्रमबाट रकमसहित अन्य सुविधा पाउन फिरोजवादका एक उनले बहिनीसँग विवाह गरेका हुन् ।

राज्य सरकारको सामाजिक कल्याण विभागअन्तर्गत सामूहिक विवाह गर्ने हरेक जोडीलाई सरकारले नगद र अन्य घरायसी उपहार प्रदान गर्दै आएको छ । कार्यक्रमअन्तर्गत सरकारले २५ हजार भारतीय रुपैयाँ बेहुलाको बैंक खातामा जम्मा गरिदिने र १० हजार भारु बराबरको उपहार दिने गरेको बताइन्छ । त्यही लोभमा दाजु र बहिनीले विवाह गरेको यथार्थ खुलेको हो ।

उक्त विवाह ११ डिसेम्बरमा फिरोजवादको टुंड्ला गाउँमा भएको थियो । केही दिनपछि गाउँलेले विवाह गर्ने एउटा जोडी सहोदर दाजु र बहिनी भएको पत्ता लगाएका हुन् । एउटा सरकारी कार्यालयको परिसरमा आयोजना गरिएको उक्त विवाहमा ५१ जोडी बन्धनमा बाँधिएका थिए ।

गैरकानुनी ढंगले अनुचित लाभ लिने उद्देश्यले विवाह गर्ने जोडीविरुद्ध मुद्दा दायर भएको छ । यसैबीच बेहुलाको आधार कार्डबारे छानबिन समेत सुरु भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

टिप्पणीहरू