चार तलाबाट खसेर बालिका बितिन्

चार तलाबाट खसेर बालिका बितिन्

आफ्नै घरको चार तला माथिबाट खस्दा एक किशोरीको ज्यान गएको छ । भक्तपुर नगरपालिका १०, कमलविनायककी १५ वर्षीया सुनेना सितिखुको छतबाट खसेर मृत्यु भएको हो ।

छतबाट खसेर गम्भीर घाइते भएकी सितिखुको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले आवश्यक जाँचबुझ र थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जनाएको छ ।

टिप्पणीहरू