त्रिभुवन विमानस्थल बिहानैदेखि ठप्प, सिमरामाथि ठूला जहाज घुमेको घुम्यै

त्रिभुवन विमानस्थल बिहानैदेखि ठप्प, सिमरामाथि ठूला जहाज घुमेको घुम्यै

खराब मौसमका कारण त्रिभुवन विमानस्थलका सबै उडान रोकिएका छन् । बाक्लो हुस्सुका कारण भिजिबिलिटी घटेपछि सबै उडान ठप्प भएका हुन् ।

केहीबेर अघिसम्म भिजिबिलिटी एक सय मिटरमा झरेको थियो । सामान्यतयाः उडानका लागि भिजिबिलिटि तीन हजार मिटर चाहिन्छ । एक सय मिटरमा भिजिबिलिटी झरेपछि विमान अवतरण समेत हुन सकेका छैनन् ।

विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा वाह्य उडान रोकिएका हुन् । कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाइरहेका छन् ।

साढे १० बजेपछि विमानस्थलमा उडान सुचारु भएको छ ।

टिप्पणीहरू