पुसभित्र दुई तिहाईलाई खोप लगाइने

पुसभित्र दुई तिहाईलाई खोप लगाइने

महोत्तरीमा पुसभित्र जिल्लाका ६६ प्रतिशत नागरिकलाई खोप लगाइने लक्ष्य राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले दुई तिहाई नागरिकमामा खोप लगाइने लक्ष्य राखेको हो ।

हालसम्म जिल्लाको कुल जनसंख्याको ५४ प्रतिशतमा पहिलो डोज खोप लगाइएको छ । ३३ प्रतिशतले दुबै डोज खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

महोत्तरीको जलेश्वर र बर्दिबासमा कोभिड –१९ विरुद्धको खोप दैनिक रुपमा सञ्चालनमा ल्याइएको छ । सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन खोप केन्द्रमा खोप लगाइरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख भोला यादवका अनुसार कोरोना खोपको पहुँचका लागि नयाँ रणनीति बनाइएको छ ।

पुस २१ गतेदेखि १५ वटै पालिकाका हरेक टोलमा पुगेर खोप लगाउने र प्रचारप्रसारलाई अगाडि बढाइने उहाँले जानकारी दिनु भयो ।

टिप्पणीहरू