अमेरिकी पेस्तोल बोकेर भारतीयहरु किन नेपाल छिरे ?

अमेरिकी पेस्तोल बोकेर भारतीयहरु किन नेपाल छिरे ?

हिजो साँझ बारासँग सीमाना जोडिएको नहरचोकबाट नेपालतर्फ आउँदै गरेका दुई जना भारतीय अमेरिकी स्वचालित पेस्तोलसहित पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका ८ को पातलो बाटो नहर चोकमा भारतीय मोटरसाइकल बीआर ५०५ एजे ४४२० चढेर आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो ।

अशोक शाह सोनारको नेतृत्वमा खटिएको पाँच जनाको टोलीले मोटरसाइकलमा नेपालतर्फ आइरहेका उनीहरुको साथबाट अमेरिकी पेस्तोल, ७ दशमलब ६५ एमएमको दुई थान गोली, पेस्तोलको म्याग्जीन र एक थान चक्कु फेला पारेको हो ।

मोतिहारी घर भएका २१ वर्षीय चन्दन राम र २० वर्षका अभिषेकुमारको साथबाट दुई सय ग्राम गाँजा समेत फेला परेको बताइएको छ । हिजो साँझ नियन्त्रणमा लिइएका उनीहरुलाई नेपाल प्रहरीको इलाका कार्यालय सिम्रौनगढमा बुझाइएको छ ।

भारतीयको साथमा फेला परेको हतियार र लागुपदार्थले उनीहरु नेपालभित्र छिरेर अपराधजन्य कार्यमा संलग्न हुँदै आएको समूहका सदस्य भएको आकलन गरिएको छ ।

टिप्पणीहरू