काँग्रेसमा सूर्यबहादुरका छोराभन्दा विपीका भतिजा तल

काँग्रेसमा सूर्यबहादुरका छोराभन्दा विपीका भतिजा तल

नेपाली काँग्रेसमा नेताहरुको वरियता निर्धारण गरिएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई समेटेर वरियता तोक्नुभएको हो ।

नयाँ वरियताअनुसार सभापतिमा पराजित डा. शेखर कोइरालालाई निकै तल पारिएको छ । उनलाई २० औँ स्थानमा राखिँदा राप्रपाका पूर्व अध्यक्ष स्व.सूर्यबहादुर थापाका छोरा सुनिल थापा १९ औँ स्थानमा छन् । उनी केही वर्षअघि मात्रै राप्रपा छाडेर काँग्रेसमा प्रवेश गरेका हुन् ।

सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज गुरुङ तेस्रो वरियतामा रहेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा क्रमशः चौथो र पाँचौ वरियतामा छन् ।

सहमहामन्त्रीमध्ये फरमुल्लाह मन्सुर अघिल्लो वरियतामा छन् । त्यसपछि क्रमशः उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ’डिना’, भिष्मराज आङदम्बे, महेन्द्र यादव, किशोरसिंह राठोर, बद्री पाण्डे र जीवन परियार छन् ।

केन्द्रीय सदस्यहरुमा गोपालमान सिंह सबैभन्दा अगाडि छन् । त्यसपछि केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएर जितेका विपीपुत्र शशांक कोइरालाको वरियता छ ।

टिप्पणीहरू