बारामा पनि पेस्तोलसहित भारतीय नागरिक छिरे

बारामा पनि पेस्तोलसहित भारतीय नागरिक छिरे

भारतीय नागरिकहरु साना हतियारसहित नेपाल छिर्ने क्रम बढेको छ । केही दिनअघि सुनसरीको एउटा गेष्टहाउसमा पेस्तोल बिक्री गर्ने उद्देश्यले नेपाल आएका दुई जना भारतीय हतियारसहित पक्राउ परेका थिए ।

आज बारामा पनि त्यसैगरी दुई जना भारतीय नेपाल छिर्दै गर्दा सशस्त्र प्रहरी बलले समातेको छ । आज साँझ सिम्रनगढ नगरपालिका ९ को नहर इलाकामा हतियार बोकेर हिँडेका भारतीयलाई सशस्त्र प्रहरी बलको टोलीले पक्रेको हो ।

नम्बर २ छिन्नमस्ता बाहिनीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतीय नागरिकहरुबाट ३ राउण्ड गोली लोड गरिएको २ थान म्याग्जीन र १ थान स्वचालित पेस्तोल फेला पारेको हो । उनीहरुमाथि आवश्यक कारबाहीको निम्ति नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको बताइन्छ ।

टिप्पणीहरू