निर्वाचन अधिकृतको कार्यालय खोलियो

निर्वाचन अधिकृतको कार्यालय खोलियो

राष्ट्रिय सभा निर्वाचनका लागि धनगढीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत जयानन्द पनेरुले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

राष्ट्रिय सभाको पहिलो र दोस्रो निर्वाचन डोटी जिल्लामा गरिएको थियो । यस वर्ष भने धनगढीमा गरिने भएको हो । सुदूरपश्चिममा रिक्त भएका तीन पदका लागि ५२ जना प्रदेशसभा सदस्य, एक सय ७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखसहित दुई सय २७ जना मतदाता छन् ।

उनीहरूको मतभारका आधारमा राष्ट्रियसभा सदस्य चयन हुनेछ । प्रदेशमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका जनप्रतिनिधि रहेका छन् ।

टिप्पणीहरू