अब उदयपुरमा पनि इ–पासपोर्ट सुविधा

अब उदयपुरमा पनि इ–पासपोर्ट सुविधा

उदयपुरबासीले अब आफ्नै जिल्लाबाट विद्युतीय राहदानी (इ–पासपोर्ट) पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय उदयपुरले इ–पासपोर्ट (विद्युतीय राहदानी) का लागि जिल्लामै निवेदन लिन थालेसँगै उक्त कार्य सम्भव भएको हो ।

यसका लागि जिल्ला प्रशासन कार्यालयबाट अनलाइन फारम भर्ने र कागजातहरू सिष्टममा अपलोड गर्न थालिएको कार्यालयका कम्प्युटर अपरेटर सुनिल पोखरेलले जानकारी दिनुभयो ।

पोखरेलका अनुसार ‘हामीले अपलोड गर्ने कागजातहरू चार सय किलो बाइटभन्दा कम साइजको हुनुपर्छ । यसका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य छ ।’

टिप्पणीहरू