बालबालिकालाई विद्यालयमै खोप

बालबालिकालाई विद्यालयमै खोप

उदयपुरमा सबै सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिन थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले विद्यालयमै पुगेर १२ देखि १७ वर्ष उमेर समूहका बालिबालिकालाई खोप दिन थालेको हो ।

अमेरिकी कम्पनीले उत्पादन गरेको मोडर्ना खोप त्रियुगा नगरपालिकासहित सबै स्थानीय तहका संस्थागत तथा सामुदायिक विद्यालयमा लगाउन सुरु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरञ्जिवी निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार उदयपुरमा ४३ हजार ६ सय डोज मोडर्ना खोप प्राप्त भएको छ ।

उदयपुरका चार नगरपालिका त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका तथा चार गाउँपालिका लिम्चुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढीमा खोप लगाउन बाँकी जनसंख्याको आधारमा वितरण गरिएको पनि निरौलाले बताउनुभयो ।

टिप्पणीहरू